Meta Title --> राजधानी छाडेर भागे सिरियाका राष्ट्रपति

राजधानी छाडेर भागे सिरियाका राष्ट्रपति


सयुंक्त अरब इमिरेटसका कूटनीतिज्ञका अनुसार बिद्रोहीले राजधानी कब्जा गरे पछि भागेका सिरियाल राष्ट्रपति बसर अल असद अबुधाबीमा शरण खोजिरहेको बताएका छन् । 

अचानक बिद्रोहीले सहर कब्जा गरेपछि सिरियाका राष्ट्रपति बसर अल असद कथित रूपमा देशबाट भागेका छन्। तर, उनको ठेगाना भने खुल्न सकेको छैन । त्यहाँका प्रधानमन्त्रीले  पनि राष्ट्रपति कहाँ छन् भन्ने बारेमा केही थाहा नभएको बताएका छन् । 

तर, संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिका कूटनीतिक सल्लाहकारले असद युएईमा छन् कि छैनन् भन्नेमा आफू अनिश्चित रहेको बताएका छन्।


 

Previous Post Next Post