Meta Title --> ६० किलो चाँदीसहित नियन्त्रणमा

६० किलो चाँदीसहित नियन्त्रणमा

प्रहरीले शनिबार विहान करिब सवा ११ बजे करिब ६० किलो अवैध चाँदीसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

अमलेखगञ्ज बारामा प्रबनानि टेकबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा–२१, अमलेखगञ्जस्थित वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको स्कुटीबाट चाँदी बरामद गरेको हो ।

वागमती प्रदेश ०३–००५ प ३२६ नम्बर स्कुटी चेक गर्दा स्कुटीको खुट्टा राख्ने ठाउँमा फल्सबटम बनाइ लुकाइछिपाइ राखिएको चाँदी बरामद भएको प्रहरीले जनाएको छ ।


 

Previous Post Next Post