नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने भ्रमणका लागि आज गृह जिल्ला झापा आउने कार्यक्रम तय भएको छ ।
जिल्लामा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली झापा आउन लागेका हुन् । प्रधानमन्त्री ओली झापा आउने भएपछि झापाको सुरक्षा ब्यवस्था कडा बनाइएको छ । प्रधानमन्त्री ओली विरुद्ध हुन सक्ने प्रर्दशनलाई मध्यनजर गर्दै सम्भावित क्षेत्रको पहिचान गरेर सुरक्षा ब्यवस्था मिलाइएको स्रोतले जनाएको छ । प्रधानन्त्रीको सुरक्षालाई मध्यनजर गर्दै एक हजार तीनसय भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ ।