प्रख्यात इतिहासकार र लेखक पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा आज निधन भएको छ। काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा दिउँसो उहाँको निधन भएको हो।
वि.सं. १९८२ चैत १६ गते चारबुर्जा दरबार (हालको निर्वाचन आयोग रहेको बहादुर भवन) मा जन्मनुभएका राणा नेपालको इतिहास संरक्षण र लेखनमा एक विशिष्ट व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो।
उहाँका कृतिहरू रणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू र श्री तीनहरूको तथ्य वृत्तान्त नेपाल इतिहासको अमूल्य सम्पत्ति हुन्।
राणा प्रधानमन्त्री रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा रहेका राणाले आफ्नो जीवन नेपालको समृद्ध इतिहासलाई उजागर गर्न समर्पित गर्नुभएको थियो।
उहाँको निधनले नेपाली इतिहासले एक अमूल्य अभिभावक गुमाएको छl