। झापामा एकैदिन शिवसताक्षी र बिर्तामोडमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । कनकाई पुलमा दुई वटा मोटरसाइकल एकापसमा जुध्दा बाह्रदशी गाउँपालिका ५ निवासी १८ वर्षीया जेसिका सिग्देलको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी १० स्थित कनकाई पुलमा बुधबार साँझ ७ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ५४६३ नम्बरको मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिई विपरीत दिशाबाट आइरहेको को ३१ प ९५२९ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो ।