मुगुको उच्च हिमाली क्षेत्र मुगुम कार्मारोङ्ग गाउँपालिकामा ३० भन्दा बढी याक र चौंरीहरु १२ घण्टाको अवधिमा मरेका छन् ।
गाउँपालिकाको वडा नम्बर २ स्थित कार्मारोङ्गमा चौंरी र याकमा श्वासप्रश्वासमा समस्या देखिने र पहिलो लक्षण देखिएको १२ घण्टाभित्र मृत्यु हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ‘नाकबाट रगत निस्कने, श्लेष्माजन्य स्राव, जसमा खाना कण पनि मिसिएको पाइएको छ । केही केसहरूमा रगतसहितको श्लेष्माजन्य दिसा देखिएको छ,’ मन्त्रालयले भनेको छ ।