झापाको बिर्तामोडमा साइलेन्सर परिवर्तन गरी ठूलो आवाजमा फाइरिङ गर्दै कुदाउने ७ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले साइलेन्सर परिवर्तन गरी ठूलो आवाजका साथ ध्वनि प्रदूषण गर्ने ७ वटा मोटरसाइकललाई दुई दिनमा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका मोटरसाइकलहरुमा बुलेट, एनएस, बेनेली, ड्युक, पल्सरलगायत रहेका छन् ।