मोरङको कटहरीमा एक महिला अचेत अवस्थामा फेला परेकी छन् । मंगलबार दिउँसो कटहरी गाउँपालिका– २ धानखेतको बीचमा रहेको बाँसको झ्याङभित्र मुखमा पट्टी लगाएर हातखुट्टा बाँधिएको अवस्थामा २२ वर्षीय महिला अचेत अवस्थामा भेटिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार अचेत अवस्थामा भेटिएकी महिला जहदा गाउँपालिका–३ की बासिन्दा हुन् ।