Meta Title --> बारामा बाग्मतीको कारभित्र भेटियो लाश, गोली हानेर हत्या गरिएको आशंका

बारामा बाग्मतीको कारभित्र भेटियो लाश, गोली हानेर हत्या गरिएको आशंका


 बारामा बाग्मती प्रदेशको कारभित्र एक जना ब्यक्ति (पुरुष) मृत फेला परेका छन्।

जीतपुर सिमरा उपमहानगरपालिका–११ मा बागमती प्रदेश ०१,०२८ च ७६१६ नम्बरको कारभित्र ती ब्यक्ति मृत फेला परेका हुन। प्रहरीका अनुसार मृतकको पहिचान भएको छैन। स्थानीयले ती व्यक्तिलाई कसैले गोली हानेर हत्या गरेको हुनसक्ने अनुमान गरेका छन्।

घटनास्थलमा बारा प्रहरीका एसपी महेन्द्र खड्का नेतृत्वको टोली पुगेर अनुसन्धान गरिरहेको छ। तालिम प्राप्त कुकुरको टोली बोलाएर अनुसन्धान गरिने खड्काले बताए। गोली लागेको वा नलागेको अहिले केही भन्न नसकिने एसपी खड्काको भनाइ छ।

Previous Post Next Post