Meta Title --> महोत्तरीमा डाँकाको आक्रमणमा पूर्वगाविस सचिवको हत्या

महोत्तरीमा डाँकाको आक्रमणमा पूर्वगाविस सचिवको हत्या


  महोत्तरीको मनरा शिसवा नगरपालिका–४, साढामा डाँका समूहको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।

आज बिहान करिव ४ बजेको ७÷८ जनाको संख्यामा आएका डाकाले आक्रमण गरी ७० वर्षीय सुशील झाको हत्या गरेका हुन। लुटेरा समूहले झाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जयसवारले पुष्टि गरे।

डाँकाले घरमा रहेको मङ्गलसूत्र र औंठी र नगद ८० हजार लुटेर लगेको उनको भनाई छ। हत्या गरिएका व्यक्ति पूर्वगाविस सचिव हुन्। घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Previous Post Next Post