Meta Title --> मोदीका पूर्वसुरक्षा गार्डको भविष्यवाणीः केपी ओली सरकार एक महिनामा ढल्छ

मोदीका पूर्वसुरक्षा गार्डको भविष्यवाणीः केपी ओली सरकार एक महिनामा ढल्छ


  भारतीय गुप्तचर संस्था रअ (रिसर्च एन्ड एनालिसिस विङ) का पूर्वएजेन्ट लक्ष्मण सिंह विष्ट (लक्की विष्ट)ले केपी शर्मा ओली नेतृत्वको सरकार एक महिनाभित्र ढल्ने दाबी गरेका छन्। भारतीय प्रधानमन्त्रीका पूर्वनिजी सुरक्षा अधिकारी समेत रहेका विष्टले भारतीय मिडिया नवभारत टाइम्सलाई अन्तरवार्त दिँदै यस्तो दावी गरेका हुन।

नेपालमा सरकार ढल्न लागेको ठोकुवा गरेका उनले त्यसको सूचना आफूसँग रहेको जिकिर गरेका छन्। ‘आज डिसेम्बर १२ तारिख हो, हाम्रो लागि महत्वपूर्ण विषय भनेको गुप्त सूचना हुन्छ’, अन्तर्वार्तामा उनले भनेका छन्,–‘तपाईंलाई आश्चर्य लाग्न सक्छ, तर म एउटा खुलासा गर्दिन्छु कि नेपालको सरकार ढल्नेवाला छ।’

Previous Post Next Post