Meta Title --> महाराजगञ्जमा तीन वटा सवारी साधन ठोक्किएर दुर्घटना हुँदा उदयपुरका मोटरसाईकल चालकको मृत्यु

महाराजगञ्जमा तीन वटा सवारी साधन ठोक्किएर दुर्घटना हुँदा उदयपुरका मोटरसाईकल चालकको मृत्यु


 काठमाडौँको महाराजगञ्जमा तीन वटा सवारी साधन ठोक्किएर दुर्घटना हुँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–३, महाराजगंजमा बा.१३ च ६२८५ नम्बर बोलेरो, बा.२ ख ६७२९ नम्बरको बस र बा.१८ प ४७८२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक उदयपुर घर भई काठमाडौं बुढानिलकण्ठ पासीकोट बस्ने ५४ वर्षीय पदमबहादुर तामाङको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा आज मृत्यु भएको हो।

Previous Post Next Post