Meta Title --> नेपालमा पुन: देखियो ‘मंकीपक्स’, साउदी अरेबियाबाट फर्किएका नेपालीमा सङ्क्रमण पुष्टि

नेपालमा पुन: देखियो ‘मंकीपक्स’, साउदी अरेबियाबाट फर्किएका नेपालीमा सङ्क्रमण पुष्टि


 नेपालमा एक जनामा ‘मंकीपक्स’ पुष्टि भएको छ । साउदी अरेबियाबाट फर्किएका एक नेपालीमा मंकिपक्स पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

मंकिपक्स देखिएका ती बिरामीको टेकु अस्पतालमा उपचार भइरहेको छ । यसअघि गत असार १ गते एकजना विदेशी महिलालाई मंकीपक्स पुष्टि भएको थियो । नेपालीलाई मंकीपक्स देखिएको यो पहिलो घटना हो ।

अस्पताल स्रोतका अनुसार अहिले ती बिरामीको अवस्था सामान्य छ । उनीसँग सम्पर्कमा आएका अन्य व्यक्तिसँग ट्रेसिङ भइरहेको मन्त्रालयका एक अधिकृतले बताए ।

Previous Post Next Post