शुक्रबार सामाजिक सञ्जालमा एक महिलाले ६ बच्चा जन्माएको भन्दै तस्बिरसहितको पोस्ट फैलियो।
बेडमा सुत्केरी जस्तो देखिने महिला सुतिरहेको, उनको छेवैमा ६ शिशुहरू लस्करै राखिएको र बेडको छेवैमा पाँच जना स्वास्थ्यकर्मीहरू हाँसिरहेको तस्बिर पोस्ट गर्दै धेरैले लेखेको देखियो, कर्णाली प्रदेशको मुगु जिल्लाको एक सिस्टरले ६ जना बच्चा जन्माइन् । धेरैले यही तस्बिरसहित यस्तै आशयको स्टाटस पोस्ट र शेयर गरिरहेको देखिन्छ।