Meta Title --> एनपीएलमा लुम्बिनी लायन्सः रोहितको एक्लो प्रयास, पाएनन् विदेशी खेलाडीको साथ

एनपीएलमा लुम्बिनी लायन्सः रोहितको एक्लो प्रयास, पाएनन् विदेशी खेलाडीको साथ


 पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सको यात्रा सकिएको छ। राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वको टोलीले राम्रो प्रदर्शन गरे पनि सकारात्मक नतिजा निकाल्नबाट चुक्यो। कप्तान रोहितकुमार पौडेलले आफूले सक्दो प्रयास गरे।

तर, त्यो टीमको जितका लागि पर्याप्त भएन। कुल सात खेल खेलेका कप्तान पौडेलले प्रतियोगितामा हालसम्म सर्वाधिक दुई सय ७९ रन बनाउनुका साथै आठ विकेट लिँदै आफूलाई उत्कृष्ट सावित गरे पनि त्यतिले मात्रै टोलीलाई शीर्ष चारमा पु-याउन पर्याप्त भएन। 

नतिजा सात खेलमा एउटा जितमा मात्रै चित्त बुझाउनुप-यो। लिगको चरणको आफ्नो अन्तिममा खेलमा आज लुम्बिनी लायन्स कर्णाली याक्ससँग पाँच रनले पराजित भयो। जितका लागि कर्णाली याक्सले दिएको एक सय २९ रनको सामान्य लक्ष्य पनि लुम्बिनीले पूरा गर्न सकेन। 

Previous Post Next Post