Meta Title --> सडकमै विग्रिएको ट्रक मर्मतका क्रममा च्यापिएर चालकको मृत्यु

सडकमै विग्रिएको ट्रक मर्मतका क्रममा च्यापिएर चालकको मृत्यु


 इलाममा आज विहान सडकमै विग्रिएको ट्रक मर्मत गर्ने क्रममा च्यापिएर चालकको मृत्यु भएको छ।

माङ्सेबुङ गाउँपालिका–३, सल्लेरीमा भएको दुर्घटनामा ट्रक चालक पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारापाका ३८ वर्षीय कुमार तामाङको मृत्यु भएको हो।

काठ बोकेको ना ३ ख ६०३७ नम्बरको ट्रक रवि–दमक सडकखण्डमा पाङ्ग्रा (चक्का) को नटबोल्टु भाँचिएर बिग्रिएको थियो। जग उठाएर नटबोल्टु फेर्न क्रममा अचानक जग भासिएर उनी च्यापिएका थिए। ट्रकले च्यापिएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

Previous Post Next Post