Meta Title --> धनुषामा महिलाको शरीर र टाउको छुट्याएर विभत्स हत्या गर्ने ब्यक्ति पहिलैदेखि फोन सम्पर्कमा रहेको खुलासा

धनुषामा महिलाको शरीर र टाउको छुट्याएर विभत्स हत्या गर्ने ब्यक्ति पहिलैदेखि फोन सम्पर्कमा रहेको खुलासा


 धनुषाको विदेह नगरपालिका–५, मुरिबाकी ४० वर्षीया रामपरीदेवी ठाकुरको क्रुर र विभत्स हत्यामा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने स्थानीय ५० वर्षीय सगमलाल पासमान हुन। रामपरी र सगमलालबीच फोनमा कुराकानी हुने गरेको खुलेको छ। मृतकसँग चिनजान रहेको र फोनमा कुराकानी हुने गरेपनि हत्या कुन कारणले भयो भन्ने प्रहरीले खुलाएको छैन।

घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीका एसपी भुवनेश्वर तिवारीले उनका अनुसार रामपरी गत १८ मंसिरमा घाँस काट्न भन्दै घरबाट निस्किएकी थिईन। तर, १९ मंसिरमा शहीदनगर नगरपालिका–७ स्थित शिवनारायण मण्डलको धान खेतमा रामपरीदेवीको शव फेला पर्यो।

Previous Post Next Post