Meta Title --> 'बलात्कारको प्रतिकार भएपछि सुचिनाको हत्या', प्रहरीले सार्वजनिक गर्‍यो अभियुक्त

'बलात्कारको प्रतिकार भएपछि सुचिनाको हत्या', प्रहरीले सार्वजनिक गर्‍यो अभियुक्त


 बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित १८ वर्षीया सुचिना घलेको हत्या आरोपीलाई प्रहरीले १० दिनपछि मंगलबार सार्वजनिक गरेको छ। हत्याको आरोपमा बारपाक सुलिकोट–१ का ४३ वर्षीय मन सम्जेर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।

मंसिर १५ गते घाँस काट्न गएकी घलेको शव बारपाकस्थित मैखर्क जंगलमा खाल्डो पुरिएको अवस्थामा मंसिर १८ गते भेटिएको थियो। जंगलमा घाँस काट्न गएकी घलेलाई आरोपित गुरुङले बलात्कार प्रयास गरेको र युवतीले प्रतिकार गरेपछि हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी वासुदेव पाठकले बताए।

‘घाँस काट्न जंगल जाँदा आरोपित गुरुङ र सुचिना अघिपछि हुँदै गएको, युवती एक्लै भेटेपछि आरोपितले शारीरिक सम्पर्कको प्रस्ताव र अनुरोध गर्छन्,’ एसपी पाठकले भने, ‘युवतीले इन्कार गरेपछि उनले जबरजस्ती करणीको प्रयास गरेको र युवतीले प्रतिकार गरेको अनुसन्धानबाट खुलेको छ।’

Previous Post Next Post