Meta Title --> मानव बेचबिखन मुद्दाका फरार आरोपीलाई प्रहरीले दुबईबाट झिकायो

मानव बेचबिखन मुद्दाका फरार आरोपीलाई प्रहरीले दुबईबाट झिकायो


 मानव बेचबिखन तथा ओसारपसार गरेको मुद्दामा संलग्न आरोपीलाई प्रहरी दुबईबाट पक्राउ गरेर नेपाल ल्याएको छ।

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को समन्वयमा रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ घर भएका निराजन नेपालीलाई दुबईबाट पक्राउ गरेर ल्याइएको हो।

इन्टरपोलको नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) यूएईको समन्वयमा उनलाई पक्राउ गरेर मंगलबार नेपाल ल्याइएको प्रहरीले जनाएको छ।

मानव बेचबिखनको मुद्दामा फरार उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गर्न प्रहरी प्रधान कार्यालयको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ साउन ७ मा रेड नोटिस जारी भएको थियो।

पक्राउ परेका नेपालीमाथि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले अनुसन्धान थालेको छ।

Previous Post Next Post