Meta Title --> बोक्सी लगाएर छोरा मारेको भन्दै सरदारले गराए ११० बढी वृद्धको हत्या

बोक्सी लगाएर छोरा मारेको भन्दै सरदारले गराए ११० बढी वृद्धको हत्या


 हाइटी । हाइटीको राजधानीको सबैभन्दा गरिब छिमेकमा सप्ताहन्तमा कम्तीमा ११० जना मारिएका छन् । एक प्रमुख मानव अधिकार समूहले भनेको छ, ‘स्थानीय गिरोह नेताले व्यक्तिगत बदलाको लागि ती हत्या गराएका हुन् ।’

 नेशनल ह्युमन राइट्स डिफेन्स नेटवर्कका अनुसार वार्फ जेरेमी गिरोह नेता मोनेल मिकानो फेलिक्सले आफ्नो बच्चा बिरामी भएपछि पोर्ट–ओ– प्रिन्सको फराकिलो बस्तीमा नरसंहारको आदेश दिए पछि त्यहाँ हिंसा भड्किएको हो ।

 फेलिक्सले शनिवार दिउँसो मृत्यु भएको बच्चालाई हानि पुर्‍याउन बोक्सी विद्याको प्रयोग गर्ने क्षेत्रका वृद्ध मानिसहरूलाई आरोप लगाउने वूडू पादरीसँग सल्लाह मागेको बताइएको छ।

 गिरोहका सदस्यहरूले शुक्रबार कम्तीमा ६० जना र शनिवार ५० जनालाई छुरा र चक्कु प्रयोग गरेर मारेका थिए । पीडित सबै ६० वर्ष नाघेको वृद्ध व्यक्तिहरू भएको मानव अधिकार समूहले जनाएको छ ।

Previous Post Next Post