रौतहटको पूर्बभेग दुर्गा भगवती गाउँपालिका स्थित एकैपटक आमा छोराको हत्या गरी शव जलाएर फरार भएका एकजना अपराधी लाई ४ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दुर्गाभगवती ४ छतौना बस्ने दोस महम्दको छोरा वर्ष ४८ को महमद जनिफ रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।
दुर्गाभगवती गाउँपालिका पिपरा बजारबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी निजमाथि आज कर्तव्य ज्यान कसुर मुद्दा दायर गरी रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरी प्रवक्ता रायले बताएका छन्।