Meta Title --> सवारी दुर्घटनामा ६ जनाको मृत्यु

सवारी दुर्घटनामा ६ जनाको मृत्यु


 रामेछाप, गोकुलगंगा गाउँपालिका-६ सिमलडाँडास्थित सडकमा काठमाडौंबाट बेतालीतर्फ जाँदै गरेको ना.१ ज ७१२३ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेत समेत ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ३ जनालाई उपचारको लागि मन्थलीतर्फ पठाइएको छ ।

Previous Post Next Post