Meta Title --> जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते


 सोमबार गाईघाट बजारबाट जिल्लाकै पहाडी क्षेत्रको लिम्चुङबुङ तर्फ मालसामान र यात्री लिएर जाँदै गरेको जीप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्। 

लिम्चुबुङ गाउँपालिका वडा नं ३ स्थित तिनचोकेमा गाईघाटबाट गएको बा १ च ३२६७ नंको लैण्डरोबर गाडी ओरालो बाटोमा ब्रेक फेलभै सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेको थियो । 

खोलाामा खसेको सो गाडीमा मालसामान र ५ जना यात्री रहेकोमा सवारी चालक त्रियुगा नगरपालिका  १६ सुकौराका वर्ष २६ को युवराज तामांगको घटनास्थलमै ज्यान गएको र अन्य ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीले बताए ।

Previous Post Next Post