बर्दिया, गुलरिया नगरपालिका-६ स्थित सडकमा रोकी राखेको म.१ त १०६२ नम्बरको ट्याक्टरमा बा.६८ प ७०३६ नम्बरको स्कुटर ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा स्कुटर चालक सप्तरी रूपनी गाउँपालिका-१ घर भई गुलरिया नगरपालिका-६ बस्ने ३७ वर्षीय रामकुमार साह र सोही स्कुटरमा सवार उनकी छोरी ६ वर्षीया विद्या साह रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।