मकवानपुरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिएर एक जनाको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिकामा धान रोप्नका लागि खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ट्याक्टर चालकको घटना स्थलमा नै मृत्यु भएको हो ।खेत जोतिरहेको ट्याक्टर पल्टिएर दुर्घटना हुँदा ट्याक्टरले थिचिएर चालक बकैया गाउँपालिका–३ का २२ बर्षीय बुद्ध भोलनको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार बकैया गाउँपालिका–८ खलिजटारदमार स्थित खेत जोत्ने क्रममा प्रदेश नम्बर ३–००१ त २५२ नम्बरको ट्याक्टर खेतमा नै पल्टिएको थियो । स्थानीय कृष्ण बहादुर बज्युको धान रोप्न खेत जोत्दै गरेको ट्याकटर एक्कासि अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा चालक भोलोनको घटनास्थलमै ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।