Meta Title --> धादिङको कृष्णभीरमा ग्यास बुलेट दुर्घटना, चालक र सहचालकको अवस्था अज्ञात

धादिङको कृष्णभीरमा ग्यास बुलेट दुर्घटना, चालक र सहचालकको अवस्था अज्ञात


 चितवनबाट काठमाडौंतर्फ आउदै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आज बिहान दुर्घटनामा परेको हो। बुलेट सडकबाट तल खसेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार अहिले उद्धार जारी छ। यद्यपि घाइते कोही पनि भेटिएको छैन। अहिले चालक र सहचालकको खोजी भइरहेको छ। सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ।
सो क्षेत्र नजिकैका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए।

Previous Post Next Post