बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेला २०८१ सुरक्षार्थ करिब ५ सय जना सशस्त्र प्रहरी २४ सैं घण्टा परिचालित भएको छ। मङ्सिर १ गतेदेखि सुरु भएको मेला यही ३० गतेसम्म सञ्चालन हुनेछ।
उक्त मेलालाई सुरक्षित एवं भयरहित वातावरणमा सम्पन्न गराउनका लागि नं. १२ गण बाराबाट सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंहको कमान्डमा टोली परिचालन भएको छ भने मेला सुरक्षा योजना अनुसार सशस्त्र प्रहरी नायव उपरीक्षक रविन सिलवालको कमान्डमा मेला अवधिभरको लागि मेला स्थलमा कमान्ड पोस्ट स्थापना गरिएको छ।