Meta Title --> किर्ते कसुरमा धुनिबेसी नगरपालिका ४ का वडाध्यक्षसहित सात जनाविरुद्ध पक्राउ पुर्जी, एक पक्राउ

किर्ते कसुरमा धुनिबेसी नगरपालिका ४ का वडाध्यक्षसहित सात जनाविरुद्ध पक्राउ पुर्जी, एक पक्राउ


 सरकारी कागजात किर्ते गरेको आराेपमा धुनीबेशी नगरपालिका–४ का वडाध्यक्ष र सचिवसहित ७ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले मुख्य आरोपी बाहेक एकजनालाई पक्राउ गरी  अदालत पेश गरेको छ । 

जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोधमा जिल्ला अदालत धादिङबाट ०८१ मंसिर १२ गते पक्राउ पुर्जी जारी भएको हो । 

पक्राउ पुर्जी जारी हुनेहरूमा वडाध्यक्ष हरिप्रसाद सुवेदी, तत्कालीन वडासचिव मिलन कुमार सुवेदी, उक्त वडाका अर्का कर्मचारी निर्मल गौतम, धादिङकै थाक्रे गाउँपालिका–८ का २९ वर्षीय रवीन्द्र तामाङ, धुनीवेशी–४ का ३० वर्षीय राजु तामाङ, धुनीवेशी–४ कै ५५ वर्षीय मदन दमाई र काठमाडौंको तार्केश्वर नगरपालिका–४ पुरानो गुहेश्वरी बस्ने ३६ वर्षीय जमुना परियार छिन् ।

उनीहरूविरुद्ध कीर्तेको कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी दीपेन्द्र शाहीले बताए । ‘कीर्ते कसुरमा पक्राउ पुर्जी जारी भएको छ । हामी अनुसन्धान गर्दैछौं,’ शाहीले भन ।

Previous Post Next Post