सिरियामा नयाँ अन्तरिम सरकार बने पनि त्यहाँ अझै स्थीति सामान्य भएको छैन । राष्ट्रपति बसर अल असदको शाषनकाल बिरूद्द बिद्रोह गरेका समुहले अझै पनि रिस शान्त गर्न सकेका छैनन् ।
हालै ती सिरियाली विद्रोहीले राष्ट्रपति बसर अल असदका पिताको चिहानमा आगजानी गरेका छन ।
विद्रोहीले उत्तरपश्चिममा रहेको सिरियाका पूर्व राष्ट्रपति हाफेज असदको गृहनगरमा रहेको उनको चिहानमा आगजनी गरेका छन् । तर, इस्लाममा मृत शरिरमा आगजानी गरिदैन, त्यसलाइ पुरिन्छ । त्यही शव पुरिएको चिहानमा बिद्रोहीहरूले आगजानी गरेका हुन् ।