Meta Title --> हात्तीले घर भत्काएपछि स्थानीयको बिचल्ली

हात्तीले घर भत्काएपछि स्थानीयको बिचल्ली


 कञ्चनपुरको लालझाडी गाउँपालिका ४ इटाहामा रहेका १७ घर हात्तीले भत्काएपछि स्थानीय बासिन्दाको बिचल्ली भएको छ । इटाहामा रहेका १८ घर मध्ये १७ घर आइतवार राती आएको हात्तीको बथानले भत्काएपछि स्थानीयको बिचल्ली भएको हो । १७ घरका करिब ५० जना हात्तीले भत्काउनबाट बचेको एक स्थानीयको घरको आगनमा बस्न बाध्य भएका छन् । घरमा राखेको अन्नपात समेत हात्तीले नोक्सान गरेपछि  भोकभोकै बस्नुपर्ने अवस्था आएको छ । करिब तीन महिनादेखि लालझाडी गाउँपालिकाका बासिन्दाहरु हात्तीको आतंकबाट पीडित भएका छन् ।


Previous Post Next Post