Meta Title --> उपचार खर्च नपाएर उत्तराखण्डमा मृत्युसँग लड्दै मंगल

उपचार खर्च नपाएर उत्तराखण्डमा मृत्युसँग लड्दै मंगल


  बाजुराको गौमुल गाउँपालिका वडा नं दुई मल्दुगनका  मंगल रोकाया यतिवेला जीवन मरणको दोसाँधमा छन् । लामो समयदेखि अल्सरको बिरामी रोकाया यति वेला उत्तराखण्ड स्थित दहंश हस्पीटल भारतमा उपचाररत छन् ।“ हस्प्टिलले अप्रेशनको लागि पहिले काउन्टरमा रकम जम्मा गर्न भनेको छ । अस्पतालमा भरना भएको २७ दिन भयो, रकम जम्मा गर्न सकेको छैन। म बेडमै पल्टेको छु । डाक्टरले छिटो उपचार गर्नुपर्छ भन्छन् ,मसंग कौडी पैसा  छैन । कसरी जीवन बचाउने ? ”उनले फेसबुक  म्यासेनजर मार्फत म्यासेज गरेका छन् ।  दुब्लाउँदै गरेको शरीरको फोटो पोष्ट गर्दे उनले भने आन्द्रामा तीनवटा घाउछन्। औषधि  खाएर पहिलो अप्रेसन गराएँ ज्यान झनझन घट्दै गएको छ। अहिले जीउ घटेर ३३ केजी मात्र छ’,मंगलले भने । 


Previous Post Next Post