Meta Title --> टायर बालेर, सडक बन्द गरेर जनमत पार्टीले गर्‍यो प्रदर्शन

टायर बालेर, सडक बन्द गरेर जनमत पार्टीले गर्‍यो प्रदर्शन


 सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीमा टायर बालेर सप्तरीको कन्चनरूपमा प्रदर्शन गर्दै सडक बन्द गरेको छ। जनमतका कार्यकर्ताहरूले सोमबार एक घण्टा सडक बन्द गरेर लाठीसहित प्रदर्शन गरेका हुन्।

टायर बालेर सडकमा प्रदर्शन गरेको भिडिओ सीके राउतले सामाजिक सञ्जाल फेसबुक लगायतमा सार्वजनिक पनि गरेका छन्।

जनकपुर बोल्ट्सका समर्थकहरूमाथि केही अराजक व्यक्ति र समूहले अपमानजनक तथा विभेदकारी व्यवहार गरेको भन्दै जनमत पार्टीले सडक बन्द गरेर प्रदर्शन गरेको हो। मधेस सरकार जनमत पार्टीको नेतृत्वमा छ।

Previous Post Next Post