Meta Title --> छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु


 काठमाडौं महानगरपालिका-३ महाराजगंजस्थित सडकमा बा.१३ च ६२८५ नम्बर बोलेरो गाडी, बा.२ ख ६७२९ नम्बरको बस र बा.१८ प ४७८२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक उदयपुर घर भई काठमाडौं बुढानिलकण्ठ पासीकोट बस्ने ५४ वर्षीय पदम बहादुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई हाल फरार बोलेरो गाडी चालकको खोजी गरिरहेको छ ।


Previous Post Next Post