बाजुराको सदरमुकाम मार्तडीमा स्कारपियो गाडी दुर्घनामा परी आइतबार दिउँसो दुई जनाको मृत्यु भएका छन् भने, तीन जना घाईते भएका छन् ।
शसस्त्र प्रहरीवल बाजुराका प्रमुख एवं प्रहरी नायव उपरिक्षक श्याम रावतका अनुसार सडक दुर्घटनामा परी मृत्यु हुनेमा कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं १७ की ३१ वर्षीया गायत्री पन्तको घटना स्थलमै मृत्यु भएको हो । स्कारपियो दुर्घटनामा परी थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमदत्त नगरापलिका १८ कि ५२ वर्षीया राधिका भट्टको मृत्यु भएको छ ।
यो सँगै मृत्यु हुनेको संख्या दुई पुगेको छ । एक जनाको घटनास्थलमै मृत्यु भएका थियो । एकजनाको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको हो ।