Meta Title --> सडक दुर्घटनामा दिवङ्गत आत्माको शान्तिका निमित्त पितृ यज्ञ सम्पन्न

सडक दुर्घटनामा दिवङ्गत आत्माको शान्तिका निमित्त पितृ यज्ञ सम्पन्न


 पूर्व पश्चिम महेन्द्र राजमार्गको गैडाकाेट दाउन्ने खण्डमा सडक दुर्घटनामा परि ज्यान गुमाउने दिवङ्गत आत्माको शान्तिका लागि साेमबार कावासोतीमा एकाह पुराण लगाइएको छ ।

सदरमुकाम स्थित लालीगुराँस आमा समूहको आयोजनामा कावासोती २ शिव सामुदायिक वन खरकट्टा सडक खण्डमा भागवत पाठ पारायण, स्वस्तीशान्ति, हवन,नारायणवलि, व्रम्हा,विष्णु,शिवसहित षोडश पिण्ड दान, लक्षदीप प्रज्वलन गरिएको पण्डित त्रिलोचन शर्मा भुर्तेलले बताए ।

कार्यक्रममा स्थानीय नर्मदेश्वर शिवालय लगायत विभिन्न मठ मन्दिरका पदाधिकारी,विभिन्न भजन समूह,आमन्त्रित आमा समूह, स्थानीय जनप्रतिनिधि तथा श्रद्धालुहरूकाे सहभागिता रहेको थियो ।

विद्वत ब्राह्मण परिजनहरूबाट  पितृ उद्धार कर्म गरी  सम्पन्न उक्त कार्यक्रमको समापन हरिनाम सङ्कीर्तन द्वारा गरिएको थियो ।

Previous Post Next Post