Meta Title --> धादिङमा माइक्रोबस दुर्घटना

धादिङमा माइक्रोबस दुर्घटना


 धादिङको गल्छी गाउँपालिका–८ गल्छीमोडस्थित पृथ्वीराजमार्गमा माइक्रोबस दुर्घटना भएको छ । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा २ ख २८२९ नम्बरको माइक्रोबस ब्रेक फेल भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर १६ जना घाइते भएको प्रहरीले जनाएको छ । गल्छी गाउँपालिका–८ गल्छीमोडस्थित पृथ्वीलोकमार्गमा माइक्रोबस दुर्घटना भएको हो । घाइतेहरूको अम्बेभरोसा अस्पताल गल्छीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दुर्घटनापछि सडकमा कुनै अवरोध भएको छैन ।

Previous Post Next Post