Meta Title --> सवारी दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

सवारी दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते


 उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं ७ अधेरी स्थित मदन भण्डारी लोकमार्गमा शनिवार दिउसो मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

काठमाण्डौबाट सुनसरीको इटहरीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१ ००६ ख ५७४९ नं को ट्रक ब्रेक फेल भएर अनियन्त्रित भै दूर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सो मालबाहक ट्रकमा चालक सहचालक र अन्य १ जनासमेत गरी तीन जना सवार रहेकोमा सहचालक इटहरी उपमहानगरपालिका २ बस्ने वर्ष २४ को सुदिप राई घाइते भएकोमा जिल्ला अस्पताल उदयपुरमा उपचार गर्दागर्दै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


Previous Post Next Post