बलुचिस्तानको वाशुकमा एक ट्रेलर र गाडीबीचको टक्कर हुँदा तीन जनाको मृत्यु तथा पाँच जना घाइते भएका छन् ।
वासुक जिल्लाको सरचाश्मा क्षेत्रमा सडक दुर्घटना भएको एआरवाई न्युजले जनाएको छ । घाइते र मृतकहरु बसिमा क्षेत्रका रहेको अस्पताल स्रोतले जनाएको छ । एआरवाई न्यूजले अस्पताल स्रोतलाई उद्धृत गर्दै भन्यो,“घायलमध्ये चार जनाको अवस्था गम्भीर छ । घाइतेहरूलाई क्वेटा अस्पतालमा रिफर गरिएको थियो ।”