Meta Title --> मध्यराती वडाध्यक्षको घरमा आगलागी

मध्यराती वडाध्यक्षको घरमा आगलागी


 रौतामाई गाउँपालिका वडा नं २ का वडाध्यक्ष होम बहादुर दाहालको घरमा मध्यराती १२.५ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीका अनुसार बुधवार राती १२.०५ बजेको समयमा त्रियुगा नगरपालिका वडा नं ११ पुरानो बसपार्कको हिमालीटोलमा रहेको वडाध्यक्ष दाहालको घरमा एक्कासि विद्युत् सर्ट भएर आगलागी हुँदा ४ लाखको क्षति भएको छ ।

तीनतले पक्की घरको माथिल्लो तलाको कोठामा आगलागी भएको र स्थानीय जनता, प्रहरी र नगरपालिकाको दमकलको सहयोगले राती १ बजे आगलागी नियन्त्रणमा आएको प्रहरी निरीक्षक कार्कीले बताए ।

Previous Post Next Post