Meta Title --> सवारी दुर्घटनामा १२ जनाको मृत्यु

सवारी दुर्घटनामा १२ जनाको मृत्यु


 रौतहट, चन्द्रपुर नगरपालिका-४ धन्सारपुल नजिकै बा.१६ च ३१६२ नम्बरको स्कारपियो अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सिराहा अर्नामा गाउँपालिका-५ बलुवाटोल बस्ने ४० वर्षीय श्रीकुमार यादव समेत ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ३ जनाको चपुरस्थित हाईवे ट्रमा सेन्टरमा र ५ जनाको सिभिल अस्पताल चपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कारपियोमा सवार अन्य ५ जनाको चपुरस्थित हाईवे ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

बाँके, जानकी गाउँपालिका-४ बकसपुरस्थित अम्बे स्टिल कम्पनीको कम्पाउन्डमा भे.१ क २०१० नम्बरको क्रेनको ठक्करबाट सुर्खेत गुर्भाकोट नगरपालिका-१३ बस्ने २३ वर्षीय दिपेन्द्र पङ्गालीको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Previous Post Next Post