सर्लाहीमा विवाहको भोज खाई मदिराले लठ्ठ भएर फर्किएका ब्यक्तिको झगडा छुट्याउन गएकी एक वृद्धाको हत्या भएको छ। लालबन्दी नगरपालिका–१५, देउरालीकी ६५ वर्षीया विष्णुमाया बम्जनको ढुङ्गाले हानेर हत्या गरिएको हो।
प्रहरीका अनुसार लालबन्दी–१५, तल्लो देउरालीमा विवाहको भोज खाएर फर्किएका ईश्वरपुर नगरपालिका–१२, घारिबथानका वीरबहादुर मोक्तान र अन्य व्यक्तिबीच विवाद भएपछि विष्णुमाया घरबाट निस्किएर छुट्याउन गएकी थिईन्। सोही क्रममा मदिराले लठ्ठीएका वीरबहादुरले ढुङ्गाले हान्दा विष्णुमायाँको मृत्यु भएको हो।