Meta Title --> सुनसरीमा करेण्ट लागेर एक जना किसानको मृत्यु, छोरा अवस्था गम्भीर

सुनसरीमा करेण्ट लागेर एक जना किसानको मृत्यु, छोरा अवस्था गम्भीर


 खेतमा पानी लगाउने क्रममा मंगलबार सुनसरीको देवानगन्जमा एक जना किसानको करेण्ट लागेर मृत्यु भएको छ। उनका छोरा घाईते छन्।

मोटरबाट बारीमा सिञ्चाई गरिरहेका देवानगञ्ज गाउँपालिका– ४ का ३८ वर्षीय राजा मेहताको करेन्ट लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका राजालाई उपचारका लागि कोसी अस्पताल विराटनगर लगिएको थियो।

अस्पताल पुर्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनामा उनका १५ वर्षीया छोरा करण गम्भीर घाइते भएका छन्। करणको कोसी अस्पतालमै उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्।

Previous Post Next Post