Meta Title --> प्रदेश राजधानीमै सफारी चालकमाथि खुकुरी प्रहार, एक जना पक्राउ

प्रदेश राजधानीमै सफारी चालकमाथि खुकुरी प्रहार, एक जना पक्राउ


 कोशी प्रदेशको राजधानी विराटनगरमा एक जना सफारी चालकमाथि खुकुरी प्रहार भएको छ। हिजो राति करिब साढे १० बजे विराटनगर–११, वसपार्कमा सफारी चालक विराटनगर–१२ का विजय कामतमाथि खुकुरी प्रहार भएको हो।

खुकुरी प्रहारबाट कामतको बायाँ हातमा चोट लागेको मोरङ प्रहरीले जनाएको छ। खुकुरी प्रहार गर्ने विराटनगर–११ का रेगन कट्टेल पक्राउ परेका छन्। प्रहरीका अनुसार सामान्य विवादमै खुकरी हानेको देखिएको छ। कँडेल बसपार्कमा काम गर्ने विवादास्पद पृष्ठभूमकी व्यक्ति हुन्।

प्रहरीका अनुसार विराटनगर–११ जनपथ टोलका कट्टेलले आतंक मच्चाउँदै आएका छन्। उनी यसअघि पनि पक्राउ परेका थिए। मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार कट्टेलमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको छ।

Previous Post Next Post