Meta Title --> जनकपुरको दुर्गा मन्दिरमा शव भेटियोः इटा प्रहार गरी हत्या गरेको आशंका, घट्नास्थलमा रक्सीका बोतल

जनकपुरको दुर्गा मन्दिरमा शव भेटियोः इटा प्रहार गरी हत्या गरेको आशंका, घट्नास्थलमा रक्सीका बोतल


 धनुषाको जनकपुरस्थित दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला परेको छ।

जनकपुरधाम उपमहानगरपालिका–४, मुरलीचोकमा रहेको दुर्गामन्दिर परिसरमा करिव ६० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। मृतकको पहिचान भएको छैन।

आज बिहान करिव साढे ६ बजे मन्दिर परिषरमा शव रहेको बारेमा प्रहरीले जानकारी पाएको थियो। घटनास्थलको प्रकृति हेर्दा कसैसँग बादविवाद पश्चात ईंटा प्रहार गरी हत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ।

घटनास्थलमा रक्सीका बोतल पनि देखिएको धनुषा प्रहरीका डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए। घटना हिजो साँझ वा रातिको हुन सक्ने अनुमान प्रहरीको छ। घटना स्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ।

Previous Post Next Post