Meta Title --> आमाछोरा सवार स्कुटर दुर्घटनाः ५० वर्षीय आमाको मृत्यु, छोरा घाईते

आमाछोरा सवार स्कुटर दुर्घटनाः ५० वर्षीय आमाको मृत्यु, छोरा घाईते

 

दाङमा आमाछोरा सवार स्कुटर बुधबार दिउँसो दुर्घटना हुँदा आमाको मृत्यु भएको छ भने छोरा घाईते भएका छन्।

तुलसीपुर उपमहानगरपालिका–७, हात्तिखौवामा रा १ च १३०० नम्बरको भ्यानसँग ठोक्किएर र रा ७ प ११३५ नम्बरको स्कुटर दुर्घटनामा परेको थियो। दुर्घटनामा लमही नगरपालिका–५ की ५० वर्षीया लिला भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको भ्यान र विपरित दिशामा जाँदै गरेको स्कुटर आपसमा ठोक्किएका थिए। दुर्घटनामा भुसाल र उनका छोरा २७ वर्षीय निमलाल घाईते भएका थिए। लिलाको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

इन्स्पेक्टर प्रकाश थापाका अनुसार स्कुटर निमलालले जलाएका थिए। भ्यान र स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ।

Previous Post Next Post