Meta Title --> पहिलो पटक नेपालीलाई पुष्टि भयो मंकीपक्स, टेकु अस्पतालमा हुँदैछ उपचार

पहिलो पटक नेपालीलाई पुष्टि भयो मंकीपक्स, टेकु अस्पतालमा हुँदैछ उपचार


 मध्य, पूर्वी र पश्चिम अफ्रिकामा निरन्तर रूपमा देखिदै आएको ‘मंकीपक्स’ पहिलो पटक नेपालीलाई पनि पुष्टि भएको छ। साउदी अरेबियाबाट फर्किएका एक नेपालीमा मंकिपक्स पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ती बिरामीको टेकु अस्पतालमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार बिरामीको अवस्था सामान्य छ। उनीसँग सम्पर्कमा आएका अन्य व्यक्तिसँग ट्रेसिङ भइरहेको जनाईएको छ।

यसअघि गत १ असारमा एकजना विदेशी महिलालाई मंकीपक्स पुष्टि भएको थियो। नेपालीलाई मंकीपक्स देखिएको यो पहिलो घटना हो। चिकित्सकहरूका अनुसार एमपक्स रोग मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो।

Previous Post Next Post