Meta Title --> बसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, ११ यात्रु घाइते

बसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, ११ यात्रु घाइते


 दाङमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अन्य ११ जना घाइते भएका छन्। 

घोराही उपमहानगरपालिका–१० गुर्जेखोलास्थित घोराही तुलसीपुर सडकमा तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा१ख ८१६ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको रा५प ६६५४ नं को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक घोराही–१० का ४४ वर्षीय दिलीप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिए। 

उक्त दुर्घटनामा बसमा सवार २२ मध्ये ११ जना घाइते भएका छन्। उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

Previous Post Next Post