Meta Title --> धादिङको गल्छीमा बस दुर्घटना : ८ जना घाइते

धादिङको गल्छीमा बस दुर्घटना : ८ जना घाइते


 धादिङको गल्छीमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि ललितपुरको बीएण्डबी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङकाका अनुसार घाइतेहरुलाई बैरेनीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ललितपुर पठाइएको हो।

रुपन्देहीको बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख ६६७६ नम्बरको बस आज साँझ पौने ६ बजेतिर धादिङको गल्छी गाउँपालिका–६ सुत्केरी ढुंगामा दुर्घटना भएको थियो ।

Previous Post Next Post