
बाजुराको सदरमुकाम मार्तडीमा स्कारपियो गाडी दुर्घनामा परी आइतबार दिउँसो एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । सशस्त्र प्रहरीवल बाजुराका प्रमुख एवं प्रहरीनायव उपरीक्षक श्याम रावतका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं १७ की ३१ वर्षिया गायत्री पन्तको घटना स्थलमै मृत्यु भएको हो ।