Meta Title --> पुष्पाः २ को प्रिमियमा भागदौंड दुर्घटनामा अहिलेसम्म तीनको मृत्यु

पुष्पाः २ को प्रिमियमा भागदौंड दुर्घटनामा अहिलेसम्म तीनको मृत्यु


 एजेन्सी । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ को क्रेज उत्तेजित भएको छ ।

बुधबार मध्यरात हैदराबादको आरटीसी इन्टरसेक्शनमा रहेको सन्ध्या थिएटरमा ‘पुष्प २ः द रुल’ को प्रिमियर भएको थियो । यस प्रिमियरमा अल्लु अर्जुन र रश्मिका मन्डन्ना पनि उपस्थित थिए।

आफ्नो मनपर्ने स्टारलाई हेर्न ठूलो संख्यामा मानिसहरु त्यहाँ पुगेपछि भागदौड मच्चिँदा एक महिलाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गर्नुपरेको थियो । तर, अहिले अस्पतालमा थप एक जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

दिलसुखनगर निवासी ३९ वर्षीया रेवती पति भास्कर र दुई छोरासँग स्क्रिनिङमा गएकी थिइन् । रेवती र उनको परिवार थिएटरबाट बाहिर आउँदा भागदौड मच्चियो।

Previous Post Next Post